दर्ता विना नै सञ्चालन भएका दुई वटा डसना उद्योग बन्द

स्थानिय
Typography

पुस १६ ।


जिल्ला प्रशासन कार्यालय चितवनको अनुगमन टोलीले दर्ता विना नै सञ्चालन भएका दुई वटा डसना उद्योगलाई बन्द गरेको छ । बजार संरक्षण अधिकृत ओमनारायण शर्माको नेतृत्वमा गएको अनुगमन टोलीले भरतपुर ११ मा पर्ने दुई वटा डसना उद्योगलाई बन्द गराएको हो । आइतबार भएको अनुगमनमा क्रममा भरतपुर ११ विशाल चोकमा सञ्चालनमा आएका योक्ता सिरक डसना तथा कपास उद्योग र रफिकुल हुसेनको सिरक डसना पसल बन्द गरिएको शर्माले जानकारी दिए । पसल अनुगमनका क्रममा ती पसलहरुले दर्ता विना नै उद्योग सञ्चालन गरेको पाइएपछि पसल दर्ता गरेको प्रमाणपत्र जिल्ला प्रशासनमा पेस गर्न निर्देशन दिएर पसलहरु बन्द गरिएको शर्माको भनाइ छ । त्यस्तै अनुगमन टोलीले जिल्ला वन कार्यालय अगाडि रहेको प्रिति खाजा घरबाट करिब तीन लिटर घरेलु मदिरा नष्ट गरेको छ । पसल अनुगमनका क्रममा अवैध रुपमा घरेलु मदिरा विक्री गरेको भेटिएपछि उक्त मदिरा नष्ट गरिएको बजार संरक्षण अधिकृत शर्माले जानकारी दिए । आइतबार अनुगमनका क्रममा बजार संरक्षण अधिकृत ओम नारायण शर्मा सहित, खाद्य निरीक्षक प्रविण तिवारी, उपभोक्ता हित संरक्षण मञ्चका विष्णु भुषाल, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थिया