शिक्षकहरुलाई प्रशिक्षण

स्थानिय
Typography


पुस १० ।


भरतपुर २ क्षेत्रपुरमा रहेको स्मल हेभन मोडल स्कुलले शिक्षकहरुलाई म र मेरो पेसाप्रतिको जूनून विषयमा प्रशिक्षण दिएको छ । विद्यालयका शिक्षकहरुलाई प्रेररक कार्यक्रम अन्तर्गत सोमबार प्रशिक्षण दिइएको हो । उक्त विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई कसरी विद्यार्थीको मनोभावना बुझेर पढाउने भन्ने विषयमा राष्ट्रिय प्रशिक्षक तथा मनोवैज्ञानिक रविन कटुवालले प्रशिक्षण दिएका थिए । विद्यालयका शिक्षक शिक्षिकाहरुलाई दिइएको एक दिने प्रशिक्षणका क्रममा अभिभावक र विद्यार्थीको मनोभावना बुझ्दै पढाउनुपर्ने कटुवालले बताए । विद्यालयले दिएको यस्ता तालिमले अभिभावक, विद्यार्थी र शिक्षक सबैको मनोभावना बुझ्दै शैक्षिक कार्यक्रम ल्याउने नीति निर्माण गर्न सकिने विद्यालयका कार्यकारी निर्देशक रामप्रसाद भट्टले बताए । नमुना विद्यालयको रुपमा सुरुआत गरिएको विद्यालयले जिल्लामा हुने हरेक अतिरिक्त कृयाकलापहरुमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको भट्टको भनाइ थियो । विद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायमा अध्यापन गराउने अनुमति पाइसकेकोले गुणस्तरीय शिक्षा प्रदानका लागि तयारी गर्दै आएको भट्टले बताए । उक्त शिक्षक प्रशिक्षण कार्यक्रमको अध्यक्ष विद्यालयका संस्थापक अध्यक्ष एवम् भरतपुर वडा नम्बर २ का अध्यक्ष पूर्णबहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो ।