जिल्लास्तरीय तेकवान्दो प्रतियोगितामा अरुणखोला तेकवान्दो डोजाङ पहिलो

स्थानिय
Typography

पुस ०८ ।

राष्ट्रिय तेकवान्दो संघ जिल्ला कार्य समिति नवलपुरद्वारा गैंडाकोटमा आयोजना गरिएको पहिलो जिल्लास्तरीय तेकवान्दो प्रतियोगितामा अरुणखोला तेकवान्दो डोजाङ पहिलो भएको छ । कुल १२ वटा स्वर्णपदक सहित अरुणखोला तेकवान्दो डोजाङ पहिलो भएको हो । उक्त प्रतियोगितामा १० वटा स्वर्णपदक सहित विजय सामुदायिक तेकवान्दो डोजाङ दोस्रो र आठ वटा स्वर्णपदक सहित एके फोर्टीसेभेन तेकवान्दो डोजाङ तेस्रो भएको छ । उक्त प्रतियोगितामा होप हाउस तेकवान्दो डोजाङका पावल क्षेत्री ‘बेष्ट प्लेयर’ भएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो भएका डोजाङ तथा बेष्ट प्लेयरलाई ट्रफी प्रदान गरिएको थियो । डोजाङहरुलाई गैंडाकोट नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी कंडेल तथा ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक दिवस जिसीले ट्रफी प्रदान गरेका थिए । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो भएका खेलाडीहरुलाई मेडल र प्रमाणपत्र दिइएको थियो । उक्त प्रतियोगितामा नवलपुरका १४ वटा र चितवनका १७ वटा डोजाङहरुको सहभागिता रहेको राष्ट्रिय तेकवान्दो संघ जिल्ला कार्यसमिति चितवनका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा महिला तर्फ २५ देखि ४९ किलो तौल समूहसम्म र पुरुष तर्फ २० देखि ६८ किलो तौल समूहमा प्रतिस्पर्धा गराइएको श्रेष्ठले जानकारी दिए । शुक्रबार भएको प्रतियोगिताको उद्घाटनमा चितवन र नवलपुरका तीन सय भन्दा बढी खेलाडीहरुले प्रतिस्पर्धा जनाएका राष्ट्रिय तेकवान्दो संघ जिल्ला कार्य समिति नवलपुरका अध्यक्ष कुसुम सुबेदीले जानकारी दिए ।